नोबेलमा इटहरीका बृद्धको मृत्यु

नोबेलमा इटहरीका बृद्धको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेजमा सोमबार अर्का संक्रमितको मृत्यु भएको छ । सुनसरीको इटहरी–५ का ९० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकराी दिनुभयो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि २३ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

नोबेलकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका उनमा मधुमेह, दम, युरिक एसिडलगायतका पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । यसअघि सोमबार विहान ६ः५० बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

शनिबार कोरोना पोजेटिभ देखिएका उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार साँझ नोबेलमा भर्ना गरिएको थियो । दुवै मृगौलामा पहिल्यैदेखि समस्या रहेका मृतकले विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्