बिद्युत हुक गर्छन् ठेकेदार कम्पनि

बिद्युत हुक गर्छन् ठेकेदार कम्पनि

रबिन्द्र बराल
रङ्गेली । हुलाकी राजमार्गको विराटनगर–रंगेली सडकखण्ड निर्माणका क्रममा ठेकेदार कम्पनिले अवैध रुपमा बिद्युत चोरी गर्ने गरेका छन् । ठेकेदार कम्पनिले निर्माण सामाग्री प्रयोग गर्दा बिद्युत हुक गर्ने गरेका हुन् ।


मोरङको रंगेली नगरपालिका–७ सन्सारी माई मन्दिर अगाडी कालिका कन्ट्रक्सनले बिद्युत हुक गरेर भाईर्वेट मेसिनमा जडान गरेका छन् ।
सडकमा रिटेनिङ्ग वाल निर्माणका लागि भाईर्वेट मेसिनको प्रयोग गरेको निर्माण कम्पनिले बिद्युत भने हुक गरेर प्रयोग गर्दै आएको छ ।
यो सडकको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले निर्माण गरिरहेको छ । ७९ करोड २५ लाख ८६ हजार रुपैँयामा ठेक्का पाएको छ ।


नेपाल बिद्युत प्राधिकरण रंगेलीका प्रमुख अबधेश गुप्ताका अनुसार घर तथा मोटरमा हुकिङ गरेको पाईएमा २ हजार देखि ५ हजार रुपैयाँ सम्म जरिवाना हुने र कुनै पनि कम्पनीले बिधुत चोरेर प्रयोग गरेको पाईएमा ५ हजार देखि १० हजार रुपैयाँसम्म जरिवाना असुल गरेर सामान जफत गर्न सकिने बताउनुभयो । तर, ठेकेदार कम्पनिले मनमौजी रुपमा बिद्युत हुक गर्दा समेत प्राधिकरण भने मौन बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्