यूएईमा आईपीएल, विराटनगरमा सट्टेबाज अपराध

यूएईमा आईपीएल, विराटनगरमा सट्टेबाज अपराध

विराटनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा सट्टेबाजीको रकम नदिएको आरोपमा एकजना युवा दुई दिनसम्म बन्धक बनाइएका छन् । विराटनगर–११ मा सञ्चालित बुक्कीका सञ्चालकले होटल कृष्णमा थुनेर सञ्जय सिंहललाई बन्धक बनाएका हुन् ।

रोनाल कँडेल, विकास सोनी, राजेशकुमार साह, सञ्जय थापा, अथ्थर अन्सारी र दीपक अग्रवालले संयुक्त रुपमा मिटरब्याजी कारोबार र सट्टेबाजको बुक्की सञ्चालन गर्दै आएको आरोप लाग्ने गरेको छ । यीमध्ये विकास सोनी ठाकुरबाडी रोडमा रहेको अलंकार ज्वेलर्सका सञ्चालक हुन् ।

सुन पसल सञ्चालन गरेका विकासले धितोमा सुन राखेर मिटरब्याजको कारोबार गर्दै आएका छन् । त्यसका लागि यो पाँच जनाको समूह सक्रिय हुने गरेको दावी गरिएको छ । तत्काल गर्जो टार्नका लागि राखिएको सुनमा समेत गडबढ गरेर बार्गेनिङमा बढी रकम लिने गरेको गुनासो यस अगाडी समेत कतिपय सेवाग्राहीले विकासको नाममा गरिसकेका छन् ।
सट्टेबाजमा दाउ लगाएका सञ्जयले रकम नदिएको भन्दै बन्धक बनाएका यो समूहले उनीमाथि दुईदिनसम्म नियन्त्रणमा लिएर मरणाशन्न हुने

गरि कुटपिट गरेका छन् । पिचराको बुक्कीमा प्रहरीको समेत सहयोग रहेका कारण यस अगाडी विश्वकप फुटबलको समयमा समेत यस्तो घटना भएको थियो ।
यस्ता घटना बारम्बार दोहो¥याउने गरिएपनि पीडित भनिएकाहरु समेत त्यस्तै कारोबारमा संलग्नहरु भएका कारण प्रहरीसम्म पुग्दैनन् ।
पछिल्लो घटनामा पीडितले आठ लाख रुपिँया गुमाउनु पर्दा फेसबुकमा आफ्नो गुनासो लेखेका थिए । तर, बुक्की (दाउ) लगाएको रकम नतिर्नेलाई गरिएको कारवाही बाहिरिएपछि अवैध रुपमा हुने ठूलो रकमको कारोबारमा निक्कै समस्या भएको भन्दै अन्य बुक्कीबाजहरु समेत तिम्मिलाएका छन् ।

कुटपिट र मानसिक यातना सहन नसकिएको र पर्समा भएको चेकमा जर्बरजस्त हस्ताक्षर गरेर लगिएको दावी पीडितले गरेका छन् । आफ्नो नाममा ८ लाखको चेकमा सही गराएको पीडित भनिएका सञ्जयले सार्वजानिक गरेका हुन् । यति धेरै ठूलो रकम बुझाउन बाँकी रहँदासम्म कारोबार हुन नसक्ने भन्दै कतियपयले सञ्जय समेत त्यहि समूहमा संलग्न रहेका कारोबारी भएको दावी गरेका छन् ।
मोरङ प्रहरीले रोनालसँग घटनाको विषयमा सोधपुछ गरेको छ । प्रशस्त प्रमाण भेट्टाउन नसक्दा प्रहरीलाई पनि अवैध कारोबार सट्टेबाजमा कारवाही चलाउन असजिलो हुने गरेको छ । तर, छाँया बैकिङ कारोबारको रुपमा हुने मिटरब्याज कारोबारका लागि प्रहरीले विकासको ज्वेलर्समा छापा हान्दा प्रमाण फेला पार्नसक्ने कतिपयको बुझाई छ ।

सञ्जयललाई ठाकुरबाडी रोडबाट विकास सोनीको गाडीमा राखेर होटल पु¥याइएको आफैंले सामाजिक सञ्चाजलमा उल्लेख गराएका छन् । प्रहरीले कँडेल, विकास र अर्का मनोज घिमिरे भन्ने व्यक्तिसँग यस विषयमा प्रारम्भिक सोधपुछ गरिसकेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले दावी गर्दै आएका छन् । प्रवक्ता राईले अनुसन्धान जारी नै रहेकोले घटनाको भित्री पाटो क्रमशः बाहिर आउनसक्नेतर्फ संकेत गरेका छन् ।

रसियामा भएको २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा मोरङको उर्लावारी नगरपालिका–६ का वडा सदस्यले एकजनालाई छुरा नै हानेर फरार भएका थिए । स्थानीय एरोमा होटलमा बिशाल तामाङलाई उर्लावारी–६ बाट निर्वाचित वडा सदस्य सचिन शाक्यले छुरा प्रहार गरेर फरार थिए । फुटबलको सट्टेबाजको विवादले उग्ररुप लिँदा त्यहाँ समेत छुरा हान्नेसम्मको घटना भएको थियो ।
प्रायः आईपीएल, विश्वकप क्रिकेट र विश्वकप फुटबलमा विराटनगरमा फाट्का सट्टेबाजको ठूलो कारोबार सञ्चालन हुने गरेको छ । यसका लागि निश्चित–निश्चित क्षेत्रमा बुक्की सञ्चालन हुने गरेको छ ।

विराटनगरमा अशोक सुराना (दाँते), मनोज पासा, मुन्ना शाह, अफरोज खान, राजेश रौनियार, कमलेश अग्रवाल जस्तै हंशु र दिनेश चौरासियाहरु यहाँका खतरनाक मानिन्छन् । छ वर्ष अगाडी हंशु र दिनेको बुक्कीमा प्रहरीले छापा मारेर प्रमाणसहित नियन्त्रणमा समेत लिइएको थियो ।
प्रहरीले विराटनगर–१५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, विराटनगर–१७ रानीका ४२ वर्षीय जगदीश साह र बैजनाथ साहलाई प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्