सप्तरीको जनप्रतिनिधिको कोरोनाबाट मृत्यु

<span class='c1'>सप्तरीको जनप्रतिनिधिको</span> <span class='c2'>कोरोनाबाट मृत्यु</span>

सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको मंगलबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ ।
अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
१० संक्रमित थप
यहाँ मंगलबार एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ ।
यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४५३ पुगेको छ । तीमध्ये एक हजार १२९ घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्