कटहरीका शिक्षकलाई सूचना प्रविधि तालिम दिइने

कटहरीका शिक्षकलाई सूचना प्रविधि तालिम दिइने

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले मोरङको कटहरीका शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालनका लागि बुधबार सम्झौता गरेको छ ।
विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न तालिमको आयोजना गरिने भएको हो ।

डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले मोरङको कटहरी गाउँपालिकासँग सम्झौता गरेको हो । सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत र सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख कृष्ण पोखरेलवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार गाउँपालिकाले तालिमका लागि ९० जना सामुदायिक विद्यालय र १० जना संस्थागत विद्यालयका शिक्षक छनौट गर्नुपर्ने छ ।

मन्त्रालयले यसअघि धनकुटाको धनकुटा नगरपालिका, इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरंगको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्