मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

<span class='c1'>मेचीनगर प्रमुखलाई</span> <span class='c2'>कोरोना सङ्क्रमण</span>

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताउनुभयो ।

उहाँ घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुनुभएको छ । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्