अस्पतालमा भर्ना भएका सातजना संक्रमितको मृत्यु

अस्पतालमा भर्ना भएका सातजना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा साात जनाको मृत्यु भएको छ । विराटनगरमा थप दुई जना र वीपीमा दुईजनाको बिहीबार मृत्यु भएको हो ।

बुधबार राति कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा सुनसरीको धरानका एक संक्रमितको मृत्यु भएको थियो । यस्तै विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अर्का एक पुरुषको पनि मृत्यु भएको छ । वीपीमा समेत बुधबार राती दुईजनाको मृत्यु भएको थियो ।

कोशी कोभिड अस्पतालमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमा मधुमेहको पुरानै समस्या रहेको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
वीपीमा तेह्रथुमका ३१ वर्षीय युवा र सुनसरी इटहरीका ७५ वर्षीया महिलाको बिहीबार नै मृत्यु भएको प्रतिष्ठानले जानकारी गराएको छ । यसैगरी वीपीमा बुधबार राती ११ः४५ बजे धरान–९ का ५७ वर्षीय पुरुषको समेत मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्