वैश्य युवा संघद्धारा अग्रभागमा सक्रिय रहने समूहलाई सम्मान

वैश्य युवा संघद्धारा अग्रभागमा सक्रिय रहने समूहलाई सम्मान

विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला अग्रपंतीमा रहेर काम गर्ने समुहलाई नेपाल वैश्य युवा संघ मोरङले सम्मान गरेको छ । कोरोना माहामारीको बेला आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी, सञ्चाकर्मी तथा समाजसेवी युवाहरुलाई उचित कामको मुल्याङकन गर्दै सम्मान गरिएको हो ।

महामारीमा पनि आफ्नो ज्यानको पर्वाह नगरी स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा रही कामलाई निरन्तरता दिदै आएका डा.बालकृष्ण साह, डा रामकुमार साह, डा रुपेश गामीलाई संघले सम्म्मान गरेको छ । त्यसैगरी कोरोना माहामारीको बेला कोरोना संक्रमितको शव व्यावस्थापनमा सरकारलाई सहजीकररण गर्ने विराटनगरका ६ जना युवाहरू सुयोग चापागाई, रविन कार्की, संजोग गौतम, अनुराग भण्डारी, ऋष्यदान शाक्य र विश्वमान थापालाई समेत संघले सम्मान गरेका छन् ।

त्यसैगरी अहोरात्र रिपोर्टिङमा खटिएका विराटनगरका ३ जना संञ्चारकर्मीहरुलाई समेत संघले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुने सञ्चारकर्मीहरु मध्ये आवर विराटनगर तथा न्यु सृष्टि दैनिकका कला तथा मनोरञ्जन संयोजक प्रेम देवान, मकालु टेलिभिजनका सम्वादाता पदम सरदार, हिपमत मिडियाका विरेन्द्रकुमार साह छन् ।

सम्मानित हुने सबैलाई विराटनगर महानगरपालीकाका मेयर भीम पराजुली, युवा नेता राजेश गुप्ता, वैश्य युवा संघका अध्यक्ष गणेस साहले सम्मान गरेका थिए । वैश्य युवा संघले लकडाउनको बेला निशुल्क मास्क बितरण, वृद्ध आश्रम तथा बाल आश्रममा पुगेर सामाजिक कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्