फरेन विराटनगरद्धारा हातधुने स्टेशन हस्तान्तरण

फरेन विराटनगरद्धारा हातधुने स्टेशन हस्तान्तरण

विराटनगर । विश्व हात धुने दिवस २०७७ को सन्दर्भमा मानव अधिकार तथा वातावरण मञ्च (फरेन) को आयोजनामा हातले नछोई हातधुने स्टेशनहरू हस्तान्तरण गरिएको छ ।
विराटनगर –१६ स्थित रानी भन्सार नाकामा युनिसेफको सहयोगमा फरेनले निर्माण गरी सञ्चालनमा ल्याएको तीनजनाले एकसाथ हातधुने स्टेशन बिहीबार हस्तान्तरण गरिएको हो ।


विश्व हातधुने दिवसको अवसरमा विराटनगर महानगरपालिका वड नम्बर–१६ का वडाध्यक्ष मनोज सुब्बालाई हस्तान्तरण गरिएको छ । तीन महिनासम्म फरेनले सञ्चालन गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पोखरेलले हातधुने कार्य स्वास्थ्यका लागि अति उपयोगी रहेको बताउँदै कोविड–१९को महामारीको सन्दर्भमा कोरोना संक्रणबाट बच्ने प्रभावकारी विधि रहेको बताउनुभयो । जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक समेत रहनु भएका पोखरेलले विश्व हातधुने दिवस पारेर हातधुने स्टेशन हस्तान्तरण गर्नु सराहनीय कार्य भएको बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा वातावरण मञ्च(फरेन)का अध्यक्ष यज्ञपसाद शर्माले कोविड १९कोप्रकोप विश्वमा बढिरहेको बेला सरकारलाई कोविड विरुद्ध लड्न सकेको सहयोग गर्ने उद्देश्यले युनिसेफको सहयोग तथा प्रदेश सरकारसँगको समन्वयमा सुनसरी र मोरङका २१ वटा स्थानमा हातधुने स्टेशन राखिएको जानकारी दिनुभयो । शर्माले नमूनाका रुपमा हातले नछोइ हात धुने स्टेशनहरु बनाई हस्तान्तरण गरिएको बताउँदै स्थानीय तथा प्रदेश सरकारले यो प्रविधिलाई विद्यालय तथा समुदाय तहमा विस्तार गरोस् अपेक्षा रहेको बताउनुभयो ।

विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बाले नयाँ प्रविधिको प्रयोग गरी बनाइएको सुरक्षित हातधुने स्टेशन सीमा नाकामा प्रभावकारी देखिएको बताउँदै आगामी दिनमा यसको व्यवस्थान र सञ्चालन वडा समितिले गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सीमा नकालाई छानी हातधुने स्टेशन स्थापना गरी तीन महिनाभन्दा बढी समय सञ्चाल सरसफाइ गरी हस्तान्तरण गरेकोमा सामाजिक संस्था फरेनलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्रहरी अधिकारीहरु र राजनीतिक व्यक्तित्वहरु सामाजिक दुरी कायम गरी सहभागी भएका थिए । रानी नाकाको कार्यक्रममा सहभागीहरुलाई मासक वितरण गरिएको थियो ।

विहीबार नै विराटनगर बसपार्कमा अवस्थित हातधुने स्टेशनमा सामूहिक हात धुने कार्यक्रम गरिएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, फरेनका सचिव खिला निरौला, फरेनका टीम लिडर नवराज निरौला, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, युवा उद्यमी गिरेन्द्र काकी, बसपार्क टोल विकास संस्थाका सचिव उत्तम चौलागाई समेतको उपस्थिति रहेको थियो । सो अवसरमा बसपार्कका मजदुर कर्मचारीका लागि हातधुने साबुन समेत वितरण गरिएको थियो ।

फरेनले सुनसरी र मोरङका तीनवटा अस्पताल, एक स्वास्थ्य चौकी, १३ वटा क्वारेन्टीन तथा आइसोलेशन र चारवटा सार्वजनिक स्थानहरूमा सुरक्षित हात धुने स्टेशनहरु जडान गरेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्