डाइनामिकका सञ्चालक सोनी विरुद्ध दुईलाख धरौटी आदेश

<span class='c1'>डाइनामिकका सञ्चालक सोनी विरुद्ध</span> <span class='c2'>दुईलाख धरौटी आदेश</span>

विराटनगर । ठगी आरोपमा पक्राउ परका डाइनामिक एजुकेशन कम्प्लेक्स विराटनगरका सञ्चालक ३२ वर्षिय प्रमोद स्वर्णकार सोनीलाई जिल्ला अदालतले धरौटिमा छोडन आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश शिशिरराज ढकालको इजालशले सोनीलाई दुई लाख रूपैयामा धरौटि आदेश गरेको हो ।

सोनीले अस्टे«लियामा अध्ययनसँगै आकर्षक रोजगारी दिलाइदिने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग साढे ३३ लाख रुपैयाँ ठगी गरेको दावीसहित मनिषका बावु कुलदिप चौधरीले ठगीमा जाहेरी दिएपछि उनी असोज १५ गते पक्राउ परेका थिए ।
मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि बुधबार सोनी विरूद्ध मोरङ अदालतमा ठगी मुद्दा दर्ता भएको हो ।
सरकारी वकिलको कार्यालयले सोनी विरूद्ध ३६ लाख ५० हजार रुपैयक्षा क्षतीपूर्ती सहित ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी राख्दै अदालतमा अभियोग दर्ता गरेको थियो । अदालतमा अभियोग दर्ता भएपछि भएको थुनछेक बहसपछि दुई लाख रुपैँया धरौटी आदेश आएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

काठमाण्डौं ‘इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबल’ को फ्रेन्चआईची लिएर प्रमोदले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूबाट अधिकतम शुल्क असुल्दै ठगी गर्दै आएको आरोप लागेको छ । मनिषका बावु कुलदिपसँग विभिन्न मितिमा सोनीले पटक–पटक गरि ३१ लाख रुपैयाँ लिएपछि अध्यनसँगै मासिक ३ लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै २०७५ फागुन १९ गते अस्टे«लिया पठाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्