विधुत प्राधिकरण विराटनगर वितरण केन्द्रमा ३० जना कर्मचारीमा कोरोना पोजेटिभ, अत्यावश्यक बाहेक सेवा बन्द

विधुत प्राधिकरण विराटनगर वितरण केन्द्रमा ३० जना कर्मचारीमा कोरोना पोजेटिभ, अत्यावश्यक बाहेक सेवा बन्द

विराटनगर । नेपाल विधुत प्रधिकारण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि शुक्रबारदेखि अति आवश्यक काम बाहेका सेवा बन्द गरिएको छ । केन्द्रको महसुल काउण्टर लगायत सबै सेवा बन्द गरिएको हो ।

विधुत प्राधिकण विराटनगर केन्द्रका प्रमुख राजीव सिंहका अनुसार अहिलेलाई महशुल अनलाइनबाट मात्रै बुझाउन सकिनेछ । प्रशासन र प्राबिधिक दुबैतर्फका कर्मचारीहरूमा कोरोना देखिएपछि फ्यूजबाहेक अन्य सेवा बन्द गरिएको सिंहले बताउनुभयो ।

गत बुधबार ५० जना कर्मचारीको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पोजेटिभ आएको प्राधिकरण केन्द्रले जनाएको छ । शाखा प्रमुख सिंहका अनुसार, महशुल काउण्टरमा बस्ने सबैजसो कर्मचारी संक्रमित भएका छन् । लेखा, स्टोर, प्रशासन र प्राबिधिकतर्फका कर्मचारी कोरोना संक्रमणमा परेका हुन् ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ । शाखाअन्तर्गत स्थायीतर्फ १ सय ३० जना बाँकी करार र अस्थायी गरी १ सय ८० जना कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्