विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ ।
शुक्रबार ६५ औं प्रहरी दिवसको अवसर पारेर एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गर्नु भएको हो ।
पुरानो अमर प्रहरी स्मारक नयाँ बनिरहेको प्रदेश प्रहरी कार्यालयल भवनको मास्टर प्लान अनुसार नभई अन्यत्र रहेकोले मास्टर प्लान अनुसारको स्थानमा चार फिट उच्चाई भएको नयाँ अमर प्रहरी स्मारक अनावरण गरिएको हो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।