विराटनगरका काली मन्दिरमा यसपटक नौरथा नलाग्ने

विराटनगरका काली मन्दिरमा यसपटक नौरथा नलाग्ने

विराटनगर । विश्वव्यापी महामारीकमा रूपमा फैलिएको कोरोना संक्रमण बढ्दै गइरहेका कारण घटस्थापनादेखी काली मन्दिरहरुमा सुरु हुने नौरथा नहुने भएको छ । दसैंलगायत चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकाले विराटनगरका काली मन्दिरहरुमा श्रदालुभक्तजनहरुको अत्याधिक भीड हुने भएका कारण यसपटकको नौरथा समेत रोकिएको हो ।


विगतका बर्षमा घटस्थापनाको अघिल्ल्लो दिनदेखी नै विराटनगरका दुर्गा मन्दिरहरु साजसजावट गरी पुजापाठको लागी तयारी गरिन्थ्यो । मन्दिर प्रवेश गर्ने रोडहरुमा समेत स्वागतद्धारा गेटहरु राख्ने गरिन्थ्यो तर यसपकट भने कोरोना कहर कारण सबै स्थगित भएको छ ।
त्यसैगरी भेला भएर बली दिने कार्य नगर्न र नगराउन समेत जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको हो । विराटनगरको मेन रोडमा रहेको कालि मन्दिर, रानी मिल्स एरियामा रहेको माँ दुर्गा मन्दिर लगायत विभिन्न स्थानमा माटोको मुर्ति बनाएर गरिदै आएको दुर्गा पुजा समेत नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसैगरी प्रशासनले चावपर्वमा भीडभाड नहुनेगरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ । नियमित पूजा–पाठबाहेक मानिसहरू भेलाजम्मा हुनेगरी उत्सव नगर्न र भजनकीर्तन नगर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै मापदण्डको पूर्ण पालना गरी मर्यादित तरिकाले मात्र सार्वजनिक यातायात सेवा सञ्चानल र प्रयोग गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले यस बर्षको दशैमा सामुहिक रुपमा गरिने सम्पुर्ण कार्यक्रमहरु नर्गन आदेश दिएसँगै मन्दिर व्यावस्थापन समितिले आन्तरिक बैठक बसेर यसपटकको सबै गतिविधी राकेको जनाएको छ ।
समितिले घटस्थापनाको दिन जमरा राखी नवरात्री भरी पुजा आजा गरिदा सर्व साधारणको भिड हुने भएकोले गर्दा कोरोना भाइरसको संक्रमण फैलिने हुदा यस बर्ष नवरात्रा भरी यस काली मन्दिरमा गरिने सम्पुर्ण कार्यक्रमहरु बन्द गरेको मन्दिर व्यावस्थापनका सदस्य गोपाल गुप्ताले जानकारी दिनुभयो ।


मन्दिर व्यावस्थपान समितिले जमरा राख्ने, सामुहिक रुपमा माताको दर्शन, बिहान र बेलुकी गरिने भजन किर्तन, प्रसाद चढाउने,प्रसाद बितरण, टीका लगाउने, मन्दिरमा पण्डितद्वारा गरिने पाठ, बोका, हाँस तथा अन्य कुनै पनि प्रकारको बलि, महिलाहरुद्वारा मातालाई खुइचा चढाउने तथा जमरा बितरण गरिने जस्ता कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।

बैठकद्वारा मन्दिरमा गरिने बिहान तथा बेलुकि गरिनको नित्य ९साधारण पुजा० पुजा तथा आरतीको बाहेक कुनै पनि प्रकारको कार्यक्रमहरु नगर्ने निर्णय गरेको मन्दिर व्यावस्थपन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्