नेपाल सोनार समाज मोरङद्धारा ५ हजार थान मास्क वितरण

<span class='c1'>नेपाल सोनार समाज मोरङद्धारा ५</span> <span class='c2'>हजार थान मास्क वितरण</span>

विराटनगर । नेपाल सोनार समाज सेवा समिति मोरङद्धारा विराटनगरका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विराटनगर बसपार्क स्थित शनिबार विहान समितिले सवारी चालकहरुलाई फुल माला र अविर लगाएर कोरोना भाइरस बाट जोगिनको लागी चाहिने स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

समितिले लामो तथा छोटा दुरीका सवारी साधनमा काम गर्ने सवारी चालक , सहचालक र यात्रुहरुलाई समेत मास्क, सेनिटाईजर र ग्लोप्स वितरण गरेको समितिका अध्यक्ष महेश कुमार स्वर्णकारले जानकारी दिनुभयो । त्यसैगरी सोनार समाज सेवा समितिले विराटनगरका अन्य स्थान ठाकुरवाडी रोड, गुद्री बजार र कंचनबारीमा समेत आमसर्वसाधरणलाई मास्क , सेनिटाईजर र ग्लोप्स वितरण गरेको समितिका उपाध्यक्ष दिपेन्द्र कुमार स्वार्णकारले जानकारी दिनुभयो ।


मास्क वितरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका सहायक प्रहरी निरीक्षक यज्ञराज शर्मा , नेपाली काग्रेसका युवा नेता राजेश गुप्ता लगायत सोनार समाजका अगुवा तथा पदाधिकारीहरुको समेत सक्रिय उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्