उदयपुरको कटारीमा स्कारपियो दुर्घटना, ५ जनाको मृत्यु

उदयपुरको कटारीमा स्कारपियो दुर्घटना, ५ जनाको मृत्यु

उदयपुर कटारी नगरपालिका-१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ-९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की रहेका छन ।
यसै गरी उदयपुर कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षीय महेश बहादुर बि.क. रहेका छन । भैरहवाबाट ओखलढुंगा तर्फ आउदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो आज विहानको राती १ बजे भदौरे स्थित सिद्धिचरण राजमार्गमा आई पुक्दा एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल खसी दुर्घटना हुदा स्कारपियोमा सवार मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्कारपियो चालक रुपन्देहीका २८ बर्षीय पवन खड्का, स्कारपियोमै सवार रहेका मानेभञ्ज्याङकै १८ बर्षीया कल्पना सार्की र ३१ बर्षीया कुमारी सार्की घाईते भएकोमा चालक खड्का र सवार कल्पना लाई थप उपचारको लागी बिराटनगर तर्फ पठाईएको र कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्