नेपालकै ठुलो अनलाइन फार्मेसी “नेपमेड्स” विराटनगरमा खुल्दै

नेपालकै ठुलो अनलाइन फार्मेसी “नेपमेड्स” विराटनगरमा खुल्दै

बिराटनगरमा नेपाल कै ठुलो अनलाइन औषधि बेच्ने नेपमेड्स संचालनमा आउने भएको छ  । काठमाडौं र चितवन पछि प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा  नेपमेड्स संचालनमा आउने भएको हो । बिराट मेड्स र आरा ग्रुपको साझेदारीमा बिराटनगर -९ स्थित ग्रीनक्रस असपतालसंगै शो रुम सहित संचालनमा ल्याइएको संचालक सौरभ अधिकारीले बताए । नेपमेड्सले कार्तिक ५ गतेदेखि आफ्नो अनलाइन तथा आउलेट संचालन गर्ने तयारी गरेको छ ।

नेपमेड्स नेपालमा सबैभन्दा ठुलो अनलाइन फार्मेसीका रुपमा स्थापित भएको र हालसम्म करीब ४५ हजार भन्दा बढि एप प्रयोगकर्ता तथा २० हजार भन्दा बढी ग्राहकलाई अनबरत रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।  आफ्नो मोबाइलको प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ । औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट www.nepmeds.com.np बाट लिन सकिन्छ । अझ नियमित रुपमा औषधि सेबन गर्नुपर्ने जस्तै प्रेसर, थाइरइड, सुगर, कोलस्ट्रोल जस्ता बिरामिको लागि त नेपमेड्स बरदान स्वरुप बन्दै आएको छ ।

यसैगरी, नेपमेड्सले हाल आइएमइ पे बाट भुक्तानी गर्दा ग्राहकलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्