पन्ध्र दिन अगाडी (असोज–१६) मोटरसाइकल लिएर बजार निस्केको, पोखरिया मा.वि. नजिक पुगेपछि एक्कासी आँखा बन्द भए झैं लाग्यो । टक्क अडिएँ र लामो स्वास लिएँ । टाउकोमा सामान्य दुखाई महशुस भयो । केहि बिसेक झैं लागेपछि दैनिक काम अनुसार बजारतर्फ लागें । दिनभर काम सकाएर साँझ घर फर्के ।
सन्चो नलागे झैं शरिर, आलस्य पनि थियो । जाँगर कम भएपनि भोलिपल्ट शनिबार बिहानदेखि जेनतेन काममा लागें । साँझ पर्दै जाँदा कठिन थपिए झैं लागिरहेको थियो । शरिरका पीडा आइतबारका लागि थन्क्याउँदै आराम गरें । राती खुट्टाको पीडुँला फर्के, पसिना छुटेर भोमिट होला झैं भएपछि बाहिर निस्के । फर्केका खुट्टा, छुटेका पसिना र आउला की भन्या भोमिट त्यसै–त्यसै ट¥यो । तातो पानी पिएँ, पुनः सुतें ।
आइतबार बिहान सधैं झैं मर्निङ वाक पनि गएँ । घर फर्केपछि केहिबेरमा कोशी अस्पतालका फिजिसियन डाक्टर लक्ष्मीनारायण यादवलाई आफ्नो स्वास्थ्य बारेमा जानकारी गराएँ । २४ घण्टासम्म पर्खेर पीसीआर परीक्षण गर्ने सुझाव पाएपछि झोक्राएरै बसें । स्वादविहीन खाना जर्बरजस्त खाँदै दिनभर धानिरहेको मलाई साँझपख झन् असजिलो बनाईरहेको थियो । त्यतिकैमा जीवन साथी इन्दिरालाई पनि ज्वरो आउन थाल्यो । त्यसपछि हामीलाई कोरोना संक्रमण भएको छ, भन्नेमा शतप्रतिशत ढुक्क हुनुपर्ने मनस्थिति स्वतः तयारभयो ।
सोमबार बिहानै डाक्टर लक्ष्मीनारायण यादवसँग परामर्श लिएर दुवैजनाको स्वाब नमूना कोशी अस्पतालमा संकलन गरायौं । नाम मात्रैको कोशीको फिबर क्लिनिकको भीडभाड छिचोल्दै स्वाब दिएर फर्केपछि हामी दुवैजना झन् भन्दा झन् समस्यामा धकेलिरहेका थियौं ।
सरकारले बेहोस् नहुँदासम्म अस्पताल नजान उर्दि जारि गरेकोले अर्धचेत रहँदासम्म हामीले बाहिर–भित्रै गरिरहनु पर्ने थियो । पसिना चिटचिट छुटेर भोमिट होला झैं भएपछि कोठा बाहिर निस्केर लामो स्वास तान्ने, अलिक आराम भएपछि फर्कने र ओछ्यान्मा लड्ने गर्न थाल्यौं ।
हामी दुवैजनाको शरिरमा देखिएको लक्षण अनुसारको रिपोर्ट मंगलबार पोजेटिभ आयो । त्यस अगाडी नजिकै रहेकी बहिनी अस्मिता र प्रिय मित्र हरि दाहालमार्फत थर्मोमिटर र अक्सोमिटरसहित केहि औषधी तथा आवश्यक उपकरणको जोहो गरिसकेका थियौं । सरकारलाई बेहोस् हुन आँटेको सूचना दिन सहज बनाउनु पनि हामी नागरिकको कर्तव्य रहेछ । त्यहि भएर आफ्ना लागि भन्दा पनि सरकारका लागि सहज होस् भनेर औषधी तथा आवश्यक सामाग्री खरिद गर्नुपर्ने थियो, ग¥यौं ।
कोरोना संक्रमण पुष्टि भएछिका चार दिन हाम्रा लागि चानचुनका दिन थिएनन् । जिब्रोको स्वाद, नाकको गन्ध, आँखाको ज्योती, शरिरको चाल सबै मधुरो झैं लाग्ने । एकले अर्कोलाई हेरेर हाँस्नु शिवाय अर्को विकल्प थिएन ।
सरकार नभए झैं
तीन महिना अगाडी विराटनगर–२ का एकजना युवाले आफ्नी आमाले उपचार नपाएरै वीपीमा ज्यान गुमाउनु परेको पीडा मलाई सुनाउनु भएको थियो । मैले वर्तमान सरकारले लोककल्याणकारी काम गरिरहेको महशुस गरेछु । चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालमा बिरामी र आफन्तलाई दिइएको पीडा समाचार नै बनाउन सकिन । पछिल्लो पटक हाम्रै सर्कलका पत्रकार साथीहरुको घरमा त्यहि पीडा दोहो¥यो, अनि थाहा भयो कोरोना संक्रमित नागरिकको उपचारका लागि अस्पताल पु¥याउँदा कस्तो अवस्था हुने रहेछ भनेर ।
तीन तहका सरकारबीच कुनै समन्वय नभए झैं लाग्ने भएपनि नयाँ अभ्यासको प्रदेश सरकारले संक्रमित पुष्टि भएको तेस्रो दिन, अवस्था बारे सोधखोज ग¥यो । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले फोन गरेर अवस्था बारे बुझ्नुभयो । व्यक्तिगत रुपमा विभागिय मन्त्रीको फोनमार्फत सद्भाव भन्दा मन्त्रालयको संरचनाले सोध्नु सकारात्मक माने मैले । किनकी मन्त्रीज्यूले मलाई फोन गरें झैं आम नागरिकलाई नगर्न सक्नु हुन्छ । तर, मन्त्रालयको प्रणालीले सबैलाई ग¥यो की भन्ने मलाई विश्वास छ । राज्यमा विधि, प्रणालीको शासन स्थापित हुनुपर्छ भन्ने मान्यता राख्छु ।
स्थानीय सरकार अन्तर्गत विराटनगर महानगरपालिकाले आठ दिनपछि कता हो ? भनेर जिस्काए झैं ग¥यो । कोशीको फिबर क्लिनिकको अवस्था मात्रै हेर्ने हो भने संघीय सरकारको सेवाको बारेमा व्याख्या गरिरहनु पर्दैन । सामान्य सुधार गर्नुपर्ने सूचना प्रणालीदेखि स्वास्थ्य सेवाको व्यवस्थापनले सर्वसाधारण नागरिकलाई छोएकै छैन की जस्तो लाग्छ । नागरिकको भरथेगमा तीन तहका सरकार जिम्मेवारविहीन भए झैं पीडामा परेपछि मात्रै लाग्ने रहेछ ।
आफ्नो ख्याल आफैं गरौं
सरकारले धेरै वास्ता नगर्ने नागरिकको सूचिमा पर्ने हामी नेपालीले कोरोना संक्रमित भई हालेमा त्यसका विरुद्ध आफ्नै मौलिक विधि अपनाउनु पर्ने रहेछ । व्यक्तिपिच्छे फरक–फरक किसिमको पीडा वा सहजपन महशुस गराउने यसले कुन बेला कसलाई असहज बनाउँछ भन्ने पत्तो नै नहुने रहेछ । कसैलाई कुनै समस्या नहुने र कसैलाई धेरै समस्या हुने । हामीलाई जुन समस्या थियो, त्यहि बेला संक्रमित जीवन बिताईरहनु भएकाहरुलाई थिएन । सहज वा कष्टकर अवस्था तपाँईलाई पनि पर्नसक्छ, त्यस्तो बेला तपाईले आफ्नो बाहेक भर गर्ने सरकार वा स्वास्थ्यकर्मी पाउनु होला भन्ने अहिलेसम्मको अवस्थाले कतैपनि पुष्टि गरेको देखिदैन । त्यसैले आफ्नो ख्यालका लागि आफैं तयारी अवस्थामा बसौं ।
खानपानमा मौलिकता र आफ्नो उत्पादन
स्वाद र गन्ध नै हराउने कुराले आफ्नो शरिरको चाल पनि सुस्ताए जस्तो महशुस हामीले भोगेको मुख्य समस्या थियो । खानामा रुची नहुँदा भाईरस विरुद्धको लडाँईमा हार बेहोर्नुपर्ने अवस्था नजिक पु¥याउँछ की भन्नेसम्मको सोच आयो ।
यस्तो बेला कसरी रोगको प्रतिरोध गर्ने भन्ने हाम्रा आफ्नै सिकाई छन् । आयुवेर्दिक औषधी वा चेवनप्रासको सेवनसँगै नेपाली माटोमै उत्पादन भएका कोदो, मकै, फापर, गहुँ र जौ सम्मिलित पीठोबाट बनेको झोलिलो खानेकुराले हामीलाई सहज बनाएको महसुश गरेका थियौं । खानामा अरुची भएपनि कागती र नुनको स्वादमा ‘हाईजेनिक सुप’ पिउँदा थकित शरिरका लागि धेरै उर्जा प्राप्त भए झैं लाग्दथ्यो । त्यसैले सुझावमा कोरोना संक्रमित हुनु पूर्व नै घरमा थर्मोमिटर, अक्सोमिटर, बाफ लिनका लागि आवश्यक पर्ने सामाग्रीको जोहो आफैं गरौं । खानपिनका लागि आवश्यक पर्ने गेडागुडीको सातु र नेपालीपन बोकेको कोदो, फापर, गहुँ, जौं मकै जस्ता अन्नको पीठो घरमा राखौं ।
सहज त बोलिमा मात्रै हो, भोग्नेका लागि भने झै सहज नहुने कोरोनाले हामी सबैलाई ग्रसित बनाउन सक्छ । सरकारले हार खाईसकेको देशमा नागरिकले आफ्नो जीवन रक्षा आफैं गर्नका लागि सजग हुनुका लागि आफ्नो ख्यालमा आफैं सचेत रहनुपर्ने रहेछ ।
हौसलाको खाँचो
हामीलाई सहज वा असहज भएको विषय मोरङ सहकारीका निर्देशक एवं सकारात्मक सोचसहित सहयोग गर्नुहुने विकास अधिकारीलाई जानकारी गराउने गर्दथ्यौं । कुनै समस्या भएमा सहजीकरण गर्नुहुन्छ भन्ने बढी विश्वास थियो । त्यसपछि नजिकै रहेकी बहिनी अस्मिता र ज्वाँई दिलिप बस्नेत हाम्रा लागि सबैभन्दा बढी भरोसा र पारिवारिक सहयोगबाट दैनिक जीवन सहज बनाउन सहयोगी हुनुहुन्थ्यो । छिमेकमा पत्रकार दाई लिलाबल्लभ घिमिरे र भाउजु एलिजा हुँदाको साहस पनि बेग्लै महसुश हुन्थ्यो । भाई अनिल श्रेष्ठको सहयोग पनि भुल्न नसक्ने छ ।
त्यस बाहेक प्रिय दाई कमल रिमाल र संजीव खनालले अपार माया दर्शाउनु भएको छ । उहाँहरुले कोरोना विरुद्धको मोर्चामा विजयी प्राप्त गरिसकेको अनुभवलाई हामीले पनि प्रयोगमा ल्यायौं । घरमै आएर हौसला दिनुहुने दाई बेदराज पौड्याल, मित्र बाबुराम भण्डारी, गोकुल पराजुली र भाउजु तथा दाई महेन्द्र बिष्ट हाम्रा लागि सधैं प्रिय हुनुहुनेछ । त्यस बाहेक अग्रज दाई अनन्त न्यौपाने, शंकर खरेललेपनि हामीलाई धेरै सुझाव दिईरहनुभयो । आफ्ना पीडा थाति राखेर भएपनि जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक जमुना बस्नेत र युवा संघ मोरङका सह–इन्चार्ज मुकेश बुढाथोकीले माया दर्शाउनुभयो । नेकपा महानगरका अध्यक्ष सागर थापा, नेकपा महानगरका नेता नविन पौड्यालसहितको टिम हाम्रा विशेष सहयोगी र शुभेच्छुक मानिनु हुन्छ । यस अवधीमा हामीलाई फोनमार्फत र भेटमार्फत सहयोग गर्नुहुने सबैप्रति आभार । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछि सामान्य मात्रै हुन्छ भन्ने दम्भ र जटिल मात्रै हुन्छ भन्ने भ्रम दुवै छोडौं । सहज वा असहज अवस्था जस्तो भएपनि आफ्नो सुरक्षाका लागि आवश्यक घरायसी तयारी आफैं गरौं ।