सुनचाँदीको मूल्यमा सामान्य गिरावट

<span class='c1'>सुनचाँदीको मूल्यमा</span> <span class='c2'>सामान्य गिरावट</span>

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

सोमबार प्रतितोला रू एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज एक तोला चाँदी रु एक हजार नौ सय ७० मा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्