मोरङमा रातभर हिँडडुल निषेध

मोरङमा रातभर हिँडडुल निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दसैं तथा तिहार लक्षित निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार विज्ञप्ती जारी गर्दै कार्तिक ३ गतेबाट लागू हुनेगरी आगामी कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।
यस्तै निषेधाज्ञा जारी भएको समय जिल्लाभरि नै साँझ ८  बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका यातायातबाहेक आवत–जावत नगर्ने प्रशासनले आदेश दिएको छ ।


विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण बढ्दै गइरहेका कारण नजिकिँदै गरेको दसैंलगायत चाडपर्वमा संक्रमण थप बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले चावपर्वमा भीडभाड नहुनेगरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ । नियमित पूजा–पाठबाहेक मानिसहरू भेलाजम्मा हुनेगरी उत्सव नगर्न र भजनकीर्तन नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्