प्रदेश २ मा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

प्रदेश २ मा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

प्रदेश नं २ को आइतबार बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित भएको हो । विधेयक पारित भएसँंगै प्रदेश नं २ सरकारलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ ।
विधेयकमा हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठानअन्तर्गत राखिने छ । प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्