ललितकलामा विश्व रेकर्डको तयारीमा नेपाली कलाकार

<span class='c1'>ललितकलामा विश्व रेकर्डको</span> <span class='c2'>तयारीमा नेपाली कलाकार</span>

ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारहरु जुटेका छन् ।अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा (चार दिन चार रात र चार घण्टा) लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो । समाजले आइतबार पत्रकार सम्मेलन गरी उक्त कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ ।

कोभिड–१९ को सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही कात्तिक २३, २४, २५ र २६ गते ७२ कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो । उहाँले कार्यशालाबारे गिनिज बुक अफ वल्र्ड रेकर्डसँग पत्राचारको काम भइरहेको बताउनुभयो ।

उक्त कार्यक्रमले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शिर ठाडो पार्ने विश्वास लिइएको छ । यसका लागि नेपाली कलाकार छनोट भइसकेको र आवश्यक तयारी शुरु भएको आइडब्लुएस नेपालका सचिव केशवराज खनालले जानकारी दिनुभयो
कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ । कला समीक्षक रमेश खनालले १०० घण्टा लामो कला कार्यशालाले नेपालको गरिमा बढाउने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्