निजी विद्यालयका शिक्षक–कर्मचारीको दशैं खल्लो, अभिभावकसँग शुल्क लिने सञ्चालक शिक्षकको तलव नै दिदैनन्

निजी विद्यालयका शिक्षक–कर्मचारीको दशैं खल्लो, अभिभावकसँग शुल्क लिने सञ्चालक शिक्षकको तलव नै दिदैनन्

विराटनगर । दशैंतिहारमा समेत शिक्षक शिक्षिकाले तलब नपाएको भन्दै निजी विद्यालयका कार्यरत शिक्षकहरुले प्याप्सन मोरङको कार्यालयमा ताला बन्दी गरेका छन् ।


विगत ७ महिनादेखी रोकिएको तलबको माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) मोरङले आईतबार निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन ) मोरङको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्याब्सनको कार्यालयमा तालाबन्दी गरेका शिक्षकहरुले सोमबारदेखि आमरण अनशन बस्ने समेत आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका छन् ।

ईष्टु मोरङले ५ बुँदे माग राख्दै प्याब्सन मोरङ र श्रम कार्यालय विराटनगरमा निवेदन समेत दिएका छन् । उनीहरुले २०७७ भाद्र तथा असोजको तलब र दशैं पेस्की असोज मसान्त सम्ममा अनिवार्य उपलब्ध गराउने, २०७७ बैसाखदेखी श्रावण सम्मको पुर्ण तलब मंसिर मशान्त सम्मको चुक्ता गर्ने, काममा नबोलाइएका शिक्षक तथा कर्मचारीलाई पनि भाद्र तथा असोज महिनाको तलब र दशैं पेस्की अनिवार्य दिने र यथाशीग्र काममा फर्काउने बाताबरण मिलाउने, २०७७ साल बैसाख यता कुनै पनि बहानामा निष्काशन गरिएका शिक्षक तथा कर्मचारीहरुलाई पुन काममा बोलाउने र २०७७ बैशाखदेखीको संचयकोमा जम्मा गर्नुपर्ने रकम कात्तिक महिना भित्र जम्मा गर्ने पर्ने माग राखेका छन् ।

त्यसैगरी ईष्टु मोरङले थप आन्दोलनको कार्याक्रम समेत अगाडी बढाएका छन् । जस अन्तर्गत कात्तिक १ गतेबाट जिल्लाभरका प्याब्सन तथा एन–प्याब्सन सबै विद्यालयहरुमा तालाबन्दी गर्ने, कात्तिक २ गते प्याब्सन, एन–प्याब्सन विद्यालय संचालकहरु विरुद्ध श्रम कार्यालयमा उर्दी जारी गर्ने र कात्तिक ३ गतेबाट प्याब्सन मोरङमा अमरण अनसन बस्ने ईष्टु मोरङले जनाएको छ ।
दशैंको मुखमा पनि शिक्षक शिक्षिकाहरुले खालिहात दशैं मनाउनुपर्ने अबस्था आएका कारण हामी सम्र्पुण शिक्षक शिक्षिका तथा कर्मचारीले बाध्य भएर चरणबद्धको आन्दोलन गर्ने पर्ने अवस्था आएको ईष्टु मोरङका अध्यक्ष मनोज खनालले जानकारी दिनुभयो । हाम्रा मागहरु सुनवाई नभए अझ ससक्त आन्दोलनमा उत्रने खनालले प्याब्सन मोरङलाई चेतावनी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्