विराटनगरको आगन रेष्टुरेण्टमा ‘चिलेसा’ परेको बेसन प्रयोग गरेर मिठाई उत्पादन

विराटनगरको आगन रेष्टुरेण्टमा ‘चिलेसा’ परेको बेसन प्रयोग गरेर मिठाई उत्पादन

विराटनगर । विराटनगर मेन रोडमा रहेको आगन रेष्टुरेण्ट तथा मिठाई पसलमा गुणस्तहिन सामाग्री प्रयोग गरेर परिकारहरु बनाउने गरिएको भेटिएपछि अनुगमन टोलीले नष्ट गरेको छ । मिठाई पसलले मिठाई बनाउने बेसन न्यून गुणस्तरको पुष्टि भएपछि नष्ट गरिएको हो ।


मिठाई बनाउन तयार पारिएको बेसनको उत्पादन मिति नभएको र हेर्दैमा चिलेसासहितको डल्ला परिसकेको पाइएको थियो । आँगन स्वीट्सले उपभोग्य मिती नभएको बेसन र फोहर ठाउँमा डल्ला परेको बेसन प्रयोग गरेको अनुगमनको क्रममा असोज १९ गते भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले नमूना संकलन गरि परीक्षण गरेको थियो ।

परीक्षण रिपोर्टमा आँगनले प्रयोग गरेको बेसन न्यून गुणस्तरको भेटिएपछि अनुगमन टोलीले आइतबार तीन बोरा बेसन नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए ।
नष्ट गरिएको बेसनको उपभोग्य मिति नभएको ३० केजी तौलको छ । यस अघि आँगन स्वीट्समा अनुगमनको क्रममा २ केजी मिठाइमा झिगाँ परेको भेटिएपछि नष्ट गरिएको थियो । न्यू गुणस्तरको बेसन भेटिएको आँगन स्वीट्सलाई खाद्य प्रविधि तथा गण नियन्त्रण कार्यालयले थप खाद्य ऐन अन्र्तगत पनि कारवाहीको प्रक्रिया अगाडी बढाउने भएको छ ।

यसैगरि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आइतबार गरिएको अनुगमनको क्रममा विराटनगरका खुद्रा पसलहरूमा म्याद सकिएको खाद्य बस्तु भेटिएको छ । विराटनगर ११ नयाँ गुद्रीमा प्रभु भगतले संचालन गरेको विष्णु किराना स्टोर खुद्रा पसलमा पापड म्याद सकिएको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्