पशुपति सामुदायिक वनको १० औं साधारणसभा सम्पन्न

पशुपति सामुदायिक वनको १० औं साधारणसभा सम्पन्न

पथरी शनिश्चरे। पशुपती सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०७७÷२०७८ का लागि ६५ लाख ८५ हजार ३६९ रुपैयाँ अनुमानित आम्दानी विवरण गर्ने योजना राखेको छ । वनको १० औं साधारणसभाले वन विकासतर्फ २२ लाख ९४ हजार, ९ हजार ८७, गरिवी न्यूनिकरणतर्फ २० लाख ८ हजार १ सय १४ र सामाजिक विकास कार्यक्रमतर्फ १४ लाख ३४ हजार ६ सय ६७ रुपैयाँ बाँडफाँड गरेको हो ।

समूह सचिव मैनादेवी फूयल आचार्यका अनुसार प्रतिनिधीमुलक १० औ साधारण सभा सम्पन्न गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम तर्जुमा गरिएको हो । मोरङ्को पथरी शनिश्चरे १० मा रहेको पशुपती सामुदायिक वनको सभाहलमा अध्यक्ष ईश्वर चौहान र पथरी शनिश्चरे नगरप्रमुख दिलिपकुमार राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।

नगरप्रमुख दिलिपकुमार राईले कोरोना भाइरस फैलिरहेको समयमा सावधानी अपनाउन सम्पुर्ण नगरवासीमा अनुरोध गर्दै कोभिड १९ समुदायस्तरमा फैलिन थालिसकेको बताउनुभयो ।

कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि लावरवाहीका कारणले जोखिम दिनहुुँ बढदै गएको जिकिर अध्यक्ष राईको छ ।
पथरी सब डिभिजन वन कार्यालय प्रमुख महमद अलाउदिनले वन व्यवस्थापनबारे प्रष्ट्याउदै वनजङ्लका जिवजन्तु,काठदाउरा लगातार अतिक्रमण भइरहेको यस अवस्थामा यस्तो कार्यलाई रोक्न सम्पुर्ण वनपदाधिकारी, राजनीतिज्ञलगायतले प्रमुख भुमिका खेल्नुपर्ने बताए ।
सामुदायिक वनको विकास गर्न, वनद्धारा संचालन गरिने क्रियाकलाप प्रति उपभोक्ताले निगरानी राख्नुपर्ने जानकारी दिए।

कार्यक्रमका विशिष्ट अतिथिी सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सचिव अग्नी पौडेलले सामुदायिक वनको फरक तरिकाबाट व्यवस्थापन गर्न आवश्यक रहेको बताए। उनले आगामी दिनमा सामुदायिक वनभित्रका स्रोत साधनको सदुपयोग गरे समृद्धिसंग जोड्न सकिने बताउदैे सामुदायिक वनलाई पर्यावरणसंग जोड्न आवश्यक रहेको सुझाव दिए।

महासंघका मोरङ जिल्ला सदस्य रविन्द्रकुमार राई,भुल्के पशुपती सामुदायिक वनका अध्यक्ष पदम पाख्रीनलगायतले सामुदायिक वनको संरक्षणको लागि सबै उपभोक्ता सचेत हुन आवश्यक रहेको विचार व्यक्त गरे।कार्यक्रम समापन गर्दै सामुदायिक वनका अध्यक्ष ईश्वर चौहानले विगत देखी नै सामुदायिक वनका विपन्न उपभोक्ताका लागि आर्यआर्जनको लागि काम गर्दै आएको जानकारी गराउदै आगामी दिनमा पनि उपभोक्ताको हितलाई मध्यनजर गरी काम गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्