सुनसरीमा तीनजना संक्रमितको मृत्यु

सुनसरीमा तीनजना संक्रमितको मृत्यु

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकसहित सुनसरीको धरान र इटहरीमा एक–एक घरमै कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
धरान ८ का पुरुष र धरान १५ का पुरुषको घरमै मृत्यु भएको छ भने इहटरी २० का पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

सोमबार बिहान २ बजेतिर धरान ८ एघारघरे बस्ने ७० वर्षीय वृद्धको निधन भएको हो । उनी मृगौलाका विरामी थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस गराइरहेका उनलाई परिवारले आइतबार घर ल्याएको थियो ।
यसैगरि, धरान १५, बुढासुब्बा चोक नजिकै पनि ७४ बर्षका वृद्धको बिहान ६ बजेतिर निधन भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिनुभयो । शनिबार पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनको मुटुको वाइपास सर्जरी गरेको थियो ।

 

यस्तै सुनसरीकै इटहरी २० का ७८ बर्षीय पुरुषको बिहान ३ बजेर ५ मिनेटमा बीपी कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका उनमा कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो । उनलाई एनेमियालगायत दीर्घ रोगहरु थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्