मिलनको पहिलो गीत सार्वजानिक

मिलनको पहिलो गीत सार्वजानिक

विराटनगर । नेपाल आईडलबाट उदाएका गायक मिलन परियारको आवाजमा पहिलो अफिसियल गित सार्वजनिक गरिएको छ। “एउटै सपना” बोलको गितमा हरि घिसिङको शब्द रहेको छ ।

एएचपी ईन्टरटेन्मेन्टद्वारा निर्मित उक्त म्युजिक भिडियोमा नेपाल टेलिभिजन इटहरीका कार्यक्रम प्रस्तोता भूवन दाहाललाई देख्न सकिन्छ । दर्शक र श्रोताको माया पाइने भएकाले यस क्षेत्रमा लगाब रहेको दाहाल सुनाउछन् ।

त्यसो त दाहाल स्टेज कार्यक्रममा समेत पूर्वमा चिनिने नाम हो । पूर्वको रमणीय स्थलमा खिचिएको उक्त म्युजिक भिडियो सन्देशमुलक रहेको छ । भिडियो हेर्नेहरुबाट राम्रो प्रतिक्रिया आइरहेको गायक परियारले बताए । भिडियोलाई बिमल ढुङ्गेलले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्