कानेपोखरी गाउँपालिकाले सञ्चालनमा ल्यायो आईसोलेशन अस्पताल

कानेपोखरी गाउँपालिकाले सञ्चालनमा ल्यायो आईसोलेशन अस्पताल

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बयरबनको स्वास्थ चौकीमा सोमबारबाट ५ बेड क्षमताको आइसोलेसन हस्पिटल सञ्चालनमा ल्याइएको छ। संक्रमितको संख्या दैनिक बृद्धि भईरहेको अवस्थामा कानेपोखरीमा आईसोलेशन अस्पताल सञ्चालनमा ल्याइएको हो ।

 


सोमबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले आईसोलेशनको उद्घाटन गर्दै नागरिकको स्वास्थ्य सेवाप्रति पूर्ण सचेत रहेको बताउनुभयो । हस्पिटलमा एक एमबीबीएस डाक्टर, एक ल्याब टेक्निसियन र एकजना स्टाफ नर्स कार्यरत रहने गरि सञ्चालनमा ल्याइएको हो ।

अध्यक्ष काफ्लेले कोभिड अस्पताललाई सही तरिकाले संचालनमा ल्याउने बताउनुभयो । उहाँले आवश्यकता हेरेर १५ बेडमा विस्तार गरिने समेत बताउनुभयो । उहाँले अस्पताल पठाउनुपर्ने बिरामीलाई गाउँपालिकाकै आईसोलेशनमा राखेर चिकित्सकको निगरानीमा उपचार गरिने बताउनुभयो ।

कार्यक्रममा कानेपोखरी क्वारेन्टाईन संयोजक तथा वडा नम्बर ६ का वडाअध्यक्ष खड्क बस्नेत, ईन्द्र सुब्बा, गणेश सुवेदि,राजकुमार राजबंशी,मनोज राजबंशी,टंक अधिकारी, बयरवन स्वास्थ्य चौकि प्रमुख ओमप्रकाश लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्