कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप दश जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेज विराटनगमा २ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा १ जना, न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा १ जना, बीपी कोभिड अस्पतालमा ३ जना र होम आइसोलेसनमा धरानका २ जना तथा बराहक्षेत्रका १ जनाको मृत्यु भएको हो ।

न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको हो । मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा।लि।का सञ्चालक हुन् । उनलाई असोज २२ गते कोरोना देखिएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररतः उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३ का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि बिराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपपछि थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत बिराटनगर–२ की ६० वर्षीया महिलाको पनि सोमबार बिहान ४ बजेतिर मृत्यु भएको छ । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उता सुनसरीमा कोरानोबाट ६ जनाको मृत्यु भएको छ । धरानमा सोमबार पाँच जना र बराहक्षेत्रमा एक जनाको मृत्यु भएको हो ।

बराहक्षेत्र नगरपालिका ११ की उमेर नखुलेकी एक महिलाको पनि होम आइसोलेसनमै मृत्यु भएको हो । यस्तै धरान ८ का पुरुष र धरान १५ का पुरुषको घरमै मृत्यु भएको छ भने इहटरी २० का पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो । यसैगरी धरान–३ का ७२ वर्षीय पुरुषको दिउँसो १ः४५ बजे र धरान–१७ का ६८ वर्षीय पुरुषको दिउँसो ३ंः३० बजे वीपीको आईसोलेशनमा मृत्यु भएको छ ।
बिहान करिब २ बजेतिर धरान ८ एघारघरे बस्ने ७० वर्षीय वृद्धको घरमै निधन भएको हो । उनी मृगौलाका विरामी थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस गराइरहेका उनलाई परिवारले आइतबार घर ल्याएको थियो ।

यसैगरि, धरान १५, बुढासुब्बा चोक नजिकै पनि ७४ बर्षका वृद्धको बिहान ६ बजेतिर निधन भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिनुभयो । शनिबार पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनको मुटुको वाइपास सर्जरी गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्