विपिमा इटहरीका सङ्क्रमितको मृत्यु

<span class='c1'>विपिमा इटहरीका</span> <span class='c2'>सङ्क्रमितको मृत्यु</span>

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । नियमानुसार शव व्यवस्थापन भइरहेको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।
दुुई सय सङ्क्रमित थप
धरान उपमहानगरपालिकामा आज बिहान २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार एन्फा क्वारेन्टिन र बिपी प्रतिष्ठानमा स्वाब सङ्कलन भएकामध्ये तिनीहरुमा पोजेटिभ देखिएको उपमहानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । यससँगै धरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार २१३ पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्