सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७४

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७४

१. मदन पुरस्कार वितवरण समारोह कहिले पहिलो पटक अनलाइन बाट सम्पन्न भयो ?
--- २०७७ कार्तिक २ गते (यसबर्षको बिजेता: चन्द्रप्रकाश बानियाँ, ‘महारानी’ पुस्तक)

२. पूर्वमन्त्री डा. डम्बरनारायण यादवको निधन कहिले भयो ?
--- २०७७ कार्तिक २ गते (यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री बनेका थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री बनेका थिए ।)

३. नेपालमा पर्वतारोहणको लागि सबैभन्दा पहिलो खुल्ला गरिएको हिमाल कुन हो ?
--- अन्नपूर्ण हिमाल

४. नेपाल सरकारले असोज २८ गते ‘संचार तथा सूचना प्रविधि’ मन्त्रिको रुपमा कसलाई नियुक्त गर्यो ?
--- पार्वत गुरुङ

५. मानिसले सबैभन्दा छिटो गर्नसक्ने काम के हो ?
--- आँखा झिम्क्याउनु

६. संयुक्त राष्ट्रसंघको स्थापनाकालमा कति सदस्य रास्ट्र थिए ?
--- ५१

७. बेसबल खेल्ने मैदानलाई के भनिन्छ ?
--- डायमण्ड

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्