लागुऔषधसहित दुईजना पक्राउ

<span class='c1'>लागुऔषधसहित दुईजना</span> <span class='c2'>पक्राउ</span>

सुनसरी । सुनसरी कोशी गाँउपालिका–१ स्थित एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कोशी गाँउपालिका(५ का ३८ बर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणि ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोष कुमार यादव रहेका हुन ।

विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतिय नागरिक सन्तोषलाई आज विहान ६ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र १०८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्