प्रदेश सांसद साम्बाद्धारा आफ्नो क्षेत्रमा सवा १ अर्ब बजेट

प्रदेश सांसद साम्बाद्धारा आफ्नो क्षेत्रमा सवा १ अर्ब बजेट

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको सार्वजनिक भएको छ ।

साम्बाले आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको उल्लेख गरेका छन् ।

साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ ।

साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा पर्दछन् । सांसद साम्बाले आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा ति विकास निर्माणका कार्यक्रम लगेको जनाउनु भयो ।

सार्वजनिक विवरण अनुसार ९८ वटा योजनाहरु सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरु निर्माणाधिन छन् । विशेष गरी ५८ करोड रुपैयाँ बराबरको किसानचोक–टाँडी–रमिते–रवि सडक बहुवर्षे योजना ४० प्रतिशत सम्पन्न भएको, ७ करोड २५ लाख बराबरको मिक्लु खोला पुल बहुवर्षे योजना अन्गर्तत ३० प्रतिशत सम्पन्न भएको, १ करोड ६ लाख बराबरको मुख्यमन्त्री ग्रामिण सडक अन्तर्गत उर्लाबारी आइतबारे चोक हुँदै झारशान्धि खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको, उर्लाबारी–आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको लगायत उल्लेख छन् ।

मोरङ निर्वाचन क्षेत्र नं. १ (१) का विकासका योजना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्