इटहरीमा संचालित पोलिक्लिनिक सिल

<span class='c1'>इटहरीमा संचालित</span> <span class='c2'>पोलिक्लिनिक सिल</span>

इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ । यहाँको ‘विराट पाथिभरा अस्पताल’ को वोर्ड राखेर सञ्चालन गरेको पोलिक्लिनिकमा अनुगमन टोलीलिे तालाबन्दी गरेको हो ।

उपभोक्ता हित संरक्षण समिति संयोजक समेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो । दर्ता नगरी गैह्र कानूनी तरिकाले अस्पतालको रुपमा सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरिएको उपमेयर गौतमले जानकारी दिनु भयो । उक्त पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधिहरु पनि वरामद गरिएको उहाँले बताउनुभयो । टोलीले इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रालि, कलस फार्मेसीलगायतमाअनुगमन गरेको थियो । केही फार्मेसी तथा मेडिकलमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका खाद्यपुरक समाग्री बेच्न राखिएको पाइएको उपमेयर गौतमले जानकारी दिनुभयो । उनीहरुलाई स्पष्टिकरण सोधिएको छ । उपमहानगरको सक्रीयतामा एक सातादेखि बजार अनुगमन तीव्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्