मानव अधिकार आयोग दशैँमा खुला रहने

मानव अधिकार आयोग दशैँमा खुला रहने

राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् ।
दशैँ बिदामा पनि मानवाधिकार उल्लङ्घनका घटनाको उजूरी लिन दैनिक १२ देखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोगले सो अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकतानुसार अनुगमन गर्ने बताइएको छ । आयोगले दशैँ बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्