इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव आज मनाइँदै , सार्वजनिक विदा दिन माग

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव आज मनाइँदै , सार्वजनिक विदा दिन माग

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण कपिलवस्तुका मुस्लिम समुदायका व्यक्तिले सामूहिक भेला भएर गरिने कार्यक्रमहरु रद्द गरी आ–आफ्नै घरमा मोहम्मद डे मनाइरहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताउनुभयो ।

कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिम समुदायले घर तथा मस्दिमहरुमा नमाज पढेर मोहम्मद डे मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताउनुभयो । मोहम्मदको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग उहाँको छ ।

मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उहाँको जन्म भएको थियो । उहाँ जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उहाँको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ ।

मुस्लिम अगुवाहरुले हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह मान्यता दिनुपर्ने र मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त सङ्घर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेको छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन् । नेपालमा बसोवासका आधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्