आफन्त संक्रमित भएर विराटनगरका निजी अस्पतालमा भर्ना गरिए परिवारका सदस्यको अवस्था झन् कष्टपूर्ण

आफन्त संक्रमित भएर विराटनगरका निजी अस्पतालमा भर्ना गरिए परिवारका सदस्यको अवस्था झन् कष्टपूर्ण

विराटनगर । आफ्ना हजुरबुबाको स्वास्थ्यमा समस्या देखिएपछि झापा गौरादह–१ सितापुरी निवासी रन्जिता खनालले विराटनगरको नोबेल मेडिकल कलेज विराटनगरमा गत बुधबार भर्ना गर्नुभयो ।
आकस्मिक कक्षमा भर्ना गरिएपछि ८६ वर्षीय हजुरबुबालाई निमोनियाले ग्रस्त बनाएको चिकित्सकले परिवारका सदस्यलाई बताएका थिए । आकस्मिक कक्षबाटै स्वाब संकलन गरेर परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण पोजेटिभ देखियो ।

अस्पतालले तत्काल आईसीयूमा राख्नुपर्ने भन्दै त्यसको बन्दोबस्त गर्नका लागि आफन्तलाई बताएपछि अस्पतालमै रहेका आफन्तसहित घरमा भएका परिवारका सदस्यलाई संकट प¥यो । निजी लगानीमा सञ्चालित मेडिकल कलेजमा भर्ना गरिएको बिरामीका लागि आवश्यक पर्ने आईसीयूको व्यवस्था आफन्तले नै मिलाउन सक्ने संभावना नभएपनि विराटनगरका अन्य निजी तथा सरकारी अस्पतालहरुमा बुझ्ने समेत काम गरिएको तर पाइएन, हजुरबुबालाई उपचारका लागि लिएर आउनु भएकी रन्जिताले भन्नुभयो–साधारण नागरिकको कुनै पहुँच पुग्ने अवस्था नै रहेन ।

त्यतिकैमा नोबेल मेडिकल टिचिङ अस्पतालकै प्रशासनले आफैं अक्सिजनको व्यवस्था गरे बिरामीलाई बेडमा राख्न सक्ने जानकारी दियो । त्यसपछि नोबेलकै नोबेल फार्मेसीबाट अक्सिजनको सिलिण्डर खरिद गरेर दैनिक ५०० सय प्रयोग शुल्क समेत बुझाउने शर्तमा व्यवस्था गरियो । तर, त्यो भारि सिलिण्डर बिरामीसम्म पु¥याउने सेवा समेत टिचिङ अस्पतालमा थिएन ।

आफन्तले खरिद गरेको अक्सिजनको ठूलो सिलिण्डर नोबेलको कोभिड–१९ उपचार कक्षको माथिल्ला तलासम्म आफन्तले नै पु¥याउने पर्ने बाध्यता नोबेलमा छ । बिरामीलाई अस्पतालमा राखेर दिने स्वास्थ्य सेवा भन्दा रकममा ध्यान हुँदा झण्डै ढेड क्विन्टलको अक्सिजन सिलिण्डर बिरामीका आफन्तले झण्डै ४५ मिनेट लगाएर कोभिड–१९ वार्डसम्म पु¥याए । तर, यति गरेर उपचार गराउन चाहेपनि शुक्रबार खनाल परिवारले आफ्ना अभिभावक गुमाउनु परेको छ ।

सिलिण्डर पु¥याउने साधन समेत अस्पतालले सहज रुपमा उपलब्ध नगराएको बिरामीका आफन्तले बताएका छन् । कसैले कुनै वास्ता नगर्ने अस्पतालमा बिरामी भर्ना गरेर उपचारको प्रतिक्षमा बस्नुपर्ने आफन्तले बेहोर्नुपर्ने झन्झट र कष्टको कुनै सीमा नै छैन ।
सरकारले कोरोना संक्रमितको उपचारबाट हात झिकेपछि निजी अस्पतालहरुले दैनिक ६० हजार रुपिँयासम्मको शुल्क लिएर अस्पतालमा उपचार गर्दै आएका छन् । सुरुमै अस्पतालका शर्त र सीमा मानेपछि मात्रै अस्पतालमा भर्ना गर्ने गरिएको छ ।

अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार दश हजार रुपैँयामा अक्सिजन सिलिण्डर खरिद गरेर दैनिक ५०० सय शुल्क बुझाउनु पर्ने हुन्छ । त्यहि पनि अस्पतालको कुनै निकायले ढेड क्विन्टलको सिलिण्डर बिरामी भएसम्म पु¥याउन सहयोग गर्दैन ।
कोरोनाका कारण महत्वपूर्ण सामाग्रीहरुको अभाव भएका कारण समेत समस्या हुने गरेको प्रवन्धक दाहालको भनाई छ । दाहालका अनुसार शुक्रबार मात्रै झापाको गौरादह, शिवसत्ताक्षी र विराटनगरका गरि तीनजनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै आएका विराटनगरका निजी अस्पतालले संक्रमितको उपचार गर्दा दैनिक ५० हजार रुपिँयासम्म शुल्क बुझाउनु पर्ने लिस्ट सार्वजानिक यस अगाडी नै गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले सामान्य लक्षण देखिएका संक्रमितले निजी अस्पतालमा उपचार गर्दा ३ हजार ५००, जटिल अवस्थाको विरामीको उपचार गर्दा ७ हजार र गम्भीर अवस्थाका विरामीको उपचारमा दैनिक १५ हजार शुल्क तोकेको छ । यो खानासहितको जम्मा शुल्क थियो ।
निजी अस्पतालले संक्रमितको उपचारको लागि धरौटी वापत नै १ लाख रुपैयाँ समेत पहिल्लै राख्नुपर्ने शर्त समेत राखेका छन् ।

निजी अस्पतालमा अब सामान्य लक्षण भएका संक्रमितले आइसोलेसनमा भर्ना भएर उपचार गर्दा दैनिक ५ हजारदेखि ८ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । यसअघि निःशुल्क उपचार प्राप्त गर्दै आएका सामान्य लक्षण भएका संक्रमितले पनि अब निजी अस्पतालमा १५ दिन बस्नु परेमा १ लाख २० हजार रुपैयाँ बुझाउनुपर्छ ।

त्यस बाहेक आईसीयू र भेन्टिलेटर समेतको प्रयोग गर्नुपर्ने अवस्था आएमा दैनिक ६० हजार रुपैँयासम्मको खर्च आउने गरेको हो । अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले समेत त्यति नै हैरानी बेहोर्नुपर्ने अवस्था रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्