हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्दै

<span class='c1'>हिमाली क्षेत्रको पदमार्गमा</span> <span class='c2'>भालुको आक्रमण बढ्दै</span>

हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ । त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । उच्च भागमा चिसोपन बढ्न थालेसंँगै जंगली जनावर बेसीँ झर्नेक्रम शुरू भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार जंगलमा वस्तु चराउने क्रममा जंगली भालुले एक व्यक्तिलाई आक्रमण गरिसकेका कारण यस्ता घटना न्यूनीकरणका लागि पूर्वसावधानी रहन सबैमा अनुरोध गरिएको छ । यसरी भालुको आक्रमणबाट घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का ३५ वर्षीय पासाङवाङ्दी तामाङ छन् । उनलाई गोसाइँकुण्ड धार्मिक मार्ग अन्तर्गत देउराली जंगलमा भालुले हालै आक्रमण गरी घाइते बनाएको बताइएको छ ।
भालु, चितुवा, बँदेललगायतका जनावर आगामी फागुनसम्म बेसीँतर्फको न्यानो क्षेत्रमा ओर्लने ज्येष्ठ नागरिक बताउछन् । गत आर्थिक वर्षमा जंगली भालुको आक्रमणबाट १० जना घाइते भएका थिए । उनीहरूलाई सरकारी कोषबाट उपचार खर्चबापत सरकारी अस्पतालको सिफारिसका आधारमा रकम प्रदान गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्