नेपालमा प्रदेशलाई State भन्ने कि Province ? औपचारिक शब्दमा एकरुपता दिन निर्देशन

नेपालमा प्रदेशलाई State भन्ने कि Province ? औपचारिक शब्दमा एकरुपता दिन निर्देशन

संघियता लागु भएपछि नेपालका विभिन्न तहहरुकाे संरचनासँगै नाम पनि परिवर्तन भएकाे छ । तर तपाइ हामी जाे काेहि अधिकांश जस्ताे अवस्थामा पुरानै नाम प्रयाेग गर्दछाैं वा के प्रयाेग गर्ने भनि अलमल्ल पर्छाै । जस्तै प्रदेशलाइ state भन्ने कि province, वा गाउँपालिकालाइ पहिले भन्दै आएकाे Village Development committee नै वा अरु केहि भन्ने ? व्यक्ति मात्र नभइ सरकारी संस्थाहरु समेत ति नाम प्रयाेगमा अभ्यस्त भएका छैनन् र तिनले औपचारिक कागजपत्रमा नै संविधानमा उल्लेख भए भन्दा फरक नाम प्रयाेग गर्दै गरेकाे पाउछाैं ।
याे समस्यालाइ मध्यनजर गर्दै नेपालकाे सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशकाे ७ सय ५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अङ्ग्रेजीमा नेपाल प्रयोग गर्न निर्णय गरेको छ । नियोगले नेपालको औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अङ्ग्रेजीमा Federal Democratic Republic Of Nepal प्रयोग गर्दै आइरहेका थिए । मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ । State को सट्टा Province, Village Body को सट्टा Rural Municipality प्रयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्