दशै छुट्टीमा धनकुटाको ओर्खे भ्यू टावरमा फोटो खिच्नेको घुँईचो (फोटो फिचर)

दशै छुट्टीमा धनकुटाको ओर्खे भ्यू टावरमा फोटो खिच्नेको घुँईचो (फोटो फिचर)

विराटनगर । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ स्थित ओख्रे अहिले पर्यटकको रोजाइ बन्दै गएको छ । पछिल्लो समय पर्यटकको आकर्षण बढ्नुको कारण ओख्रे डाँडामा निर्माण गरिएको भ्यू टावरबाट मनोरम दृष्य हेर्नेको भीड पनि एक हो ।

यसपटकको दशैंमा भ्यू टावर क्षेत्रमा उल्लेख्य संख्यामा आन्तरिक पर्यटकहरु पुगेका छन् । घुम्नभनेपछि युवा बालबालिका मात्र नभएर वयस्कहरु पनि उक्त भ्यू टावरसम्म पुग्ने गरेका छन् ।

ईटहरीका सञ्चारकर्मी विवेक विवश रेग्मी आफ्ना ४ जना साथीहरुसँग भ्यू टावरमा घुम्न गएका थिए । दशैंपछिको शनिबारको दिन पारेर रेग्मी आफ्ना साथीहरुसँग भ्यू टावरमा फोटो खिच्दै आफ्नो सामाजिक फेशबुकबाट टावरको बारे जानकारी गराएका छन् । रेग्मीले टावरमा पुगेर फोटो मात्र खिचेनन् साथीहरुसँग टिकटक बनाउन पनि भ्याए ।

 

रेग्मी जस्तै त्यहाँ पुगेका युवाहरु टिकटक बनाउने व्यस्त देखिन्थे । केही समय अघिसम्म फोटो फेसबुकमा हाल्ने गरेको अहिले अधिकाँस टिकटक बनाउमा व्यस्त हुने गरेका छन् । केही अघिसम्म कोरोना भाइरस र लकडाउनका कारण टावर क्षेत्रमा प्रवेश रोकिएकोमा अहिले खुला गरिएको छ ।

धरानकी पुजा श्रेष्ठ पनि आफ्ना साथीहरुसँग मिलेर टावरको अवलोकन गर्न पुगेकी थिईन् । उनी साथीहरुसँगै फोटो खिच्न भन्दा पनि टिकटक बनाउमा नै व्यस्त देखिन्थिन् । करीब १५ लाख रुपैयाँको लागतमा यो भ्यू टावर पर्यटन विकास कार्यालय काँकरभिट्टाले ४ वर्ष अघि निर्माण गरिदिएको थियो । टावरको फेदीमा सिमेट जडित फलामका रडबाट ३ तले भ्यू टावर बनाइएको छ ।

अहिले उत्त भ्यू टावरमा तराईदेखी घुम्न जानेको लर्को देखिन्छ । भेडेरटारका पर्यटकहरु नाप्चे हुदै धनकुटाको चौविसेमा रहेको ओर्खे टावरमा पुग्ने गर्दछन् । मौसम खुलेको बेला यहाँबाट विभिन्न हिमाल, पहाड तथा तराईको फाँटिलो क्षेत्र देख्न पाइन्छ ।

तस्विर : प्रेम देवान आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्