विराटनगरको रोयलमा सिङ्गै खसीको बिरयानी

विराटनगरको रोयलमा सिङ्गै खसीको बिरयानी

विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित रोयल बिरयानी हाउसमा साउदी अरबको लोकप्रिय परिकार ‘‘मटन मन्दी बिरयानी’ अर्थात सिङगै खसीसहितको बिर्यानी पाउन थालेको छ ।
बिरयानी पारखीहरुको लागी पछिल्लो समय रोयल बिर्यानी हाउस सबैको गन्तव्य बन्दै जान थालेपछि नयाँ परिकार थपिएको हो ।
मुस्लिम समुदायको परम्परागत परिकारको रुपमा रहेको बिरयानीको स्वाद पछिल्लो समय अन्य समुदायको रोजाइमा पर्न थालेको छ । विराटनगरलगायत अन्य ठाँउदेखी समेत रोयल बिरयानी हाउसमा पारखीहरुको जमघट हुन थालेको छ ।

पछिल्लो समय रोयल बिरयानी हाउसले ग्राहकको रोजाई र माग अनुसार साउदी अरबमा लोकप्रिय मानिने ‘मटन मन्दी बिरयानी’ अर्थात सिङगै खसीको सहितको परिकार उपलब्ध गराउन थालिएको रोयलका संचालक पप्पु अन्सारीले जानकारी दिए ।

साउदी अरबको लोकप्रिय परिकार मटन मन्दी बिरयानी मानिदै आएका कारण त्यहाँका मानिसहरूले विशेष पर्वमा खाने गरेका छन् । विराटनगरमा पनि करिम फाउन्डेसनका मेम्बरहरुको माग अनुसार यो परिकार तयार पार्न थालिएको अन्सारीले बताए ।

मटन मन्दी बिरयानी परिकार नेपालमा पहिलो पटक रोयल बिरयानी हाउसले तयार पारेको अन्सारीको दावी छ । ‘मटन मन्दी बिरयानी बनाउनको लागी खसीभित्र कुखुरा, कुखुरा भित्र अण्डा हालेर तयार पार्ने गरिएको अंसारीले बताए । सिङगै खशी सहितको बिरयानीको माग समेत बढिरहेको अन्सारीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्