स्काउटको प्रदेश १ तदर्थ समिति विरुद्ध विराटनगरमा संघर्ष समिति गठन

स्काउटको प्रदेश १ तदर्थ समिति विरुद्ध विराटनगरमा संघर्ष समिति गठन

विराटनगर । नेपाल स्काउटले प्रदेश १ का लागि गठन गरेको तदर्थ समिति विरुद्ध नयाँ संघर्ष समिति गठन भएको छ । नेपाल स्काउटले रवि खनाल नेतृत्वमा प्रदेश १ तदर्थ समिति गठन गरेको थियो । त्यसका विरुद्ध मोरङमा बृहत स्काउटरहरुको भेला आयोजना गरेर नयाँ समिति गठन गरिएको हो ।
नयाँ समितिको नेतृत्व स्काउटका पूर्व जिल्ला संगठन आयुक्त गोबिन्द कुमार गडेरिले गरेका छन् । स्काउटमा राजनीतिक हस्तक्षेप बढेको भन्दै गडेरी नेतृत्वमा संघर्ष समिति गठन गरिएको छ ।

 

नेपाल स्काउटले गठन गरेको खनालको नेतृत्वमा प्रदेश १ को तदर्थ समितिमा अरुण बस्नेत, बबिता कटुवाल, हेमन्त भण्डारी, भवानी खनाल (भाष्कर), मुनु पोखरेल, नारद राई, टिकाराम धमला, केशी म्याङ्ग्मो, हर्कबहादुर राई, केसी श्रेष्ठ, रामप्रसाद पौडेल र सुमन ल्यागुन सदस्य रहनु भएको छ ।
यस्तै प्रदेश तदर्थ समितिको सल्लाहकारमा शिवकुमार पौडेल, सकुन्तला सुब्बा, दुर्गा विष्ट, प्रदिपकुमार विश्वास, तेजकुमार श्रेष्ठ, भेषराज पोखरेल र इन्द्र न्यौपानेलाई चयन गरिएको छ ।

गडेरी नेतृत्वमा नारायण खवास, मनिष आचार्य, अच्युत निरौला, कबिता राजबंशि, कृष्ण सहनी, बिजेश यादब, नयन कुमार सरकार, बिबेक तिमसिना, प्रवलदिप बिश्वास, प्रध्लाय राजबंशि, रजनी सुब्बा रहेका छन् ।
जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टी जनाउँदै स्काउटरहरुले संघर्ष समिति गठन गरेका हुन् । प्रदेशस्तरीय समितिमा, स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेको लगायतका आरोप असन्तुष्ट स्काउटरले लगाएका छन् ।

स्काउटको विगत ९ वर्षदेखि नेपाल स्काउटको आवधिक निर्वाचन भएको छैन । यही अवस्थालाई मध्यनजर गर्दै स्काउट समितिहरू क्रियाशिल बनाउनुपर्ने भएकोले नयाँ संविधान अनुकूल संगठन संरचना बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधिन छ । उक्त प्रस्ताव पारित हुनु अगाडि स्काउटले शैक्षिक, सामाजिक तथा सांगठनिक गतिविधिहरूलाई प्रदेशस्तरमा विस्तार गरी स्काउटको लक्ष्य र निणर्यहरु कार्यान्वयन गर्नका लागि प्रदेश स्काउट तदर्थ समितिहरु गठन गरिएको स्काउटका निर्देशक रामप्रसाद भट्टराईले विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन् ।
‘प्रस्तावित विधेयक कानुन नबनेसम्मको अवधिका लागि प्रदेशमा नियमित स्काउटीड्ड गतिविधि संचालन गर्न गराउन र प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा स्काउटका समितिहरु व्यवस्था गर्न, मिति २०७७ असार २९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकमा भएको छलफल तथा निर्णय अनुसार प्रदेशहरुमा तदर्थ समिति गठन गरिएको बताइएको छ ।

साथै स्काउटले २०६८ साल यता बनेका सम्पूर्ण क्षेत्रीय परिषद्, कार्य समितिहरु, जिल्ला परिषद्, जिल्ला कार्य समितिहरु खारेज गरेको छ । स्काउटले खारेज भएका समितिहरुले भोगचलन गरिरहेका सम्पूर्ण चलअचल सम्पत्तिहरु स्वतः सम्बन्धित प्रदेश स्काउटको मातहतमा जाने निर्णय पनि गरेको छ ।

स्काउटले हाललाई प्रदेश स्काउट तदर्थ समितिहरुको सचिवालयको रुपमा कार्य गर्ने गरी सम्बन्धित प्रदेशको राजधानी रहेकै स्थानमा प्रदेश स्काउटको अस्थायी कार्यालय संचालन हुने पनि जनाएको छ ।

यसैगरी मोरङ स्काउट संघर्ष समितिले मंगलबार विभिन्न सरोकारवाला संघसंस्था तथा व्यक्तिहरुलाई ध्यानाकर्षण गराएको छ ।
नेपाल स्काउटले प्रदेश तदर्थ समिती गठनको नाममा संस्थामा राजनैतिक हावी गराएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङ, बिराटनगर महानगरपालिका मेयर भिम पराजुली र उपमेयर इन्दिरा कार्की, प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएको हो । त्यसैगरी नेपाली काङ्ग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु, नेपाल कम्युनिस्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई पनि भेटेर नेपाल स्काउटमा भइ रहेको गतिविधिको ध्यानाकर्षण गराएको प्रदेश १ समिती का सदस्य तथा स्काउटर मनिष आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्