लाङ्टाङ पदमार्गका पर्यटकीय होटल फेरी बन्द

<span class='c1'>लाङ्टाङ पदमार्गका पर्यटकीय</span> <span class='c2'>होटल फेरी बन्द</span>

कोभिड– १९ को संक्रमण बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल मंगलबार देखि बन्द गरिएको छ । लकडाउन खुला भएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनःसञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयाैं पर्यटकीय होटल तथा लज बन्द भएको हो ।
चिसोयाम बढेसँगै पर्यटकको ओहरदोहरले लाङ्टाङ क्षेत्रमा कोरोना संक्रमण बढ्न सक्ने आशंकाले केही महिनाका लागि होटल तथा लज बन्द भएको वडाध्यक्ष सुप्पा लामाले जानकारी दिनुभयो । रोग नियन्त्रणका लागि पदमार्गमा सञ्चालित होटल व्यवस्थापन समितिको निर्णयबाट रिम्चे, लामाहोटल, घोडातबेला, लाङ्टाङ, मुण्डु एवं क्याङ्जेनसम्मका सबै होटल तथा लज बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।
दैनिक रूपमा ४० भन्दा बढी नेपाली र तीनचार विदेशी पर्यटक लाङ्टाङ घुम्न आउने गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । घुम्न आउने विदेशी पर्यटक भने नेपालमै बस्दै आएका छन् ।
जनस्वास्थ्य कार्यालय रसुवाका अधिकृत किरण श्रेष्ठका अनुसार स्वाब परीक्षणबाट पछिल्लो चरणमा धुञ्चे क्षेत्रमा कार्यरत सात राष्ट्रसेवकलाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबै उपचारार्थ आइसोलेशनमा छन् । जिल्लामा कोरोना रोगबाट प्रभावित ४५ जनाको उपचार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
जिप्रकाका सेवा बन्द
यसै गरी कोरोनाको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सुरक्षा एवं विपद् व्यवस्थापन र आपत्कालीनबाहेक अन्य सबै सेवा अर्काे सूचना जारी नभएसम्म मंगलबारदेखि बन्द गरिएको छ ।
नेपाली नागरिकता, नाबालक परिचयपत्र, संघसंस्था दर्ता तथा नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण जस्ता सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्