१. पाल्पामा अवस्थित प्रसिद्ध ‘रानीमहल’ कसले बनाएका हुन् ?
--- खड्ग शमशेर ज.ब.रा [रानी तेजकुमारीको सम्झनामा इस १८९३ मा]
२. नेपालको राष्ट्रिय खेलको रुपमा भलिबललाई कहिले घोषणा गरिएको थियो ?
--- २०७४ जेष्ठ ०८
३. पातहरु हल्लिदा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?
--- १० डेसिबल
४. कमिलाले टोक्दा निस्किने अम्ल(एसिड) कुन हो ?
--- फर्मिक एसिड
५. नेपाली सेनाका १८ औं मानार्थ महारथीको रुपमा कसलाई सम्मान गरियो ?
--- भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे
[नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष उनी आज (२०७७/०७/२०) देखि नेपाली सेनाको मानार्थ महारथी बन्नेछन्]
६. भिटामिन ‘बि’ को कमीले लाग्ने रोग कुन हो ?
--- बेरीबेरी
७. नेपालमा कतिवटा उच्च अदालत छन् ?
--- ७ वटा
संकलक
आयुष खनाल