सेन्ट्रल बजारमा ५ हजार भन्दा बढीको लुगा खरिदमा चाँदीको सिक्का

सेन्ट्रल बजारमा ५ हजार भन्दा बढीको लुगा खरिदमा चाँदीको सिक्का

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी तिहार अफर ल्याएको ल्याएको छ । तिहार अफर अन्र्तगत ५ हजार भन्दा बढीको लुगा खरिदमा १० ग्राम बराबरको चाँदीको सिक्का प्रदान गर्ने भएको हो ।
त्यसैगरी सेन्ट्रल बजारले ईलेक्ट्रोनिक्सको सामान खरिदमा १५ प्रतिशत छुट तथा ५ हजार बराबरको सामान खरिदमा १० ग्राम बराबरको चादीको सिक्का प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी खाद्यन्न सामाग्री ९९९ बराबरको खरिदमा आकर्षक छुट दिने सेन्ट्रल बजारका गिरिस राठीले जानकारी दिए । चिनी, नुन, सनफ्लावर तेल, घैला तोरीको तेल, विकाजी भुजियालगायत खाद्यान्न सामाग्री पनि सस्तोमा पाइने उनले बताए । चाडपर्व लक्षित योजना ल्याएको सेन्ट्रल बजारले चिनी प्रतिकिलो ६९ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । तिहार अफर योजनामा नुन १५ रुपैयामा मै प्रतिकिलो पाइने बताइएको छ ।

बाबा सनफ्लावर तेल एक लिटरको १५९, घैला तोरीको तेल १९९ र विकाजी भुजिया ९०० ग्रामको २९९ रुपैयाँमा पाइने छ । त्यसैगरी डीडीसीको घ्यू प्रतिकिलो ८४९ र आदा केजीमा ४२५मा पाईनेछ । त्यसैगरी फरच्युन मैदा एक केजीको ५९ , २ केजीको ११७ ,सुजी ४ सय ग्रामको ३१ रुपैया र ५ केजीको आटा २७९ रुपैयामा पाईने सेन्ट्रल बजारले जनाएको छ । तिहार अफर कात्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म लागू हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्