विराटनगरमा साढे पाँच केजी गाँजासहित धनकुटा साँघुरीगढीका दुई महिला पक्राउ

विराटनगरमा साढे पाँच केजी गाँजासहित धनकुटा साँघुरीगढीका दुई महिला पक्राउ

विराटनगर । विराटनगरबाट दुई महलिालाई साढे पाँच किलो गाँजासहित पक्राउ गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट गाँजासहित मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीका अनुसार महिलाले झोलामा गाँजा बोकेर सुनसरीको पकली हुँदै विराटनगर आएका थिए ।

पक्राउ परेका महिलाहरु सुनसरीको पकलीमा बस्दै आएको खुलेको छ । टेम्पोबाट झरेर पैदल हिँडिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको कार्कीले बताए । उनका अनुसार पक्राउ परेकाहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा पाँच किलो सात सय ग्राम गाँजा बरामद भएको छ ।

दुवै जनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ । उनीहरुले गाँजा कहाँसम्म लिएर गएका हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्