विराटनगर । कोशी प्रदेश टेबल टेनिस छनौट प्रतियोगीतामा मेन्स सिंगल्सतर्फ भोजपुरले ऐतिहासिक स्वर्ण पदक प्राप्त गरेको छ । भोजपुर जिल्लाका नामसाम राइले सुनसरीका गौतम तामाङ्ग लाई ३-० को सोझो सेटले पराजित गर्दै मेन्स सिंगल्सको उपाधि जितेका हुन् ।
मोरङका मनिष खरेल र सुनसरीका गणेश तामाङ्ग संयुक्त रुपमा तृतीय भए । पाचौं स्थानका लागि मोरङका सुशान्त मेहता छनौट हुन सफल भए । वुमेन्स सिंगल्सतर्फ मोरङकी समृद्धि लुइटेलले इलामकी अनन्या कार्कीलाई ३-० को सोझो सेटले पराजित गर्दै प्रथम हुन सफल भइन् । सुनसरीकी सुधा पोखरेल र मोरङकी स्वस्तिका चौधरी संयुक्त रुपमा तृतीय भए । पाचौं स्थानका लागि मोरङकी टोनिश्मा पोखरेल छनौट हुन सफल भए ।