तीन दिन अघि मात्र भावुक स्टाटस लेखेका विराटनगरका युवा राजु गुप्ताको कोरोनाबाट निधन

तीन दिन अघि मात्र भावुक स्टाटस लेखेका विराटनगरका युवा राजु गुप्ताको कोरोनाबाट निधन

विराटनगर । विराटनगर १ शान्तिचौकका युवा राजु गुप्ता कोरोना संक्रमित थिए । उनी कोरोना संक्रमित भएपछि विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा भर्ना भएर उपचार गराई रहेका थिए ।
भर्ना भएपछि सुरुका दिनमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिदै थिए । तर, ३ दिन अघि मात्र उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखेका थिए । यो रोग कसैलाई नलागोस खास गरी मधुमेह र प्रेसर भएको विरामी यो रोगबाट निकै सजक रहनुहोला । यो रोग खतरानक रहेको भन्दै उनले पोष्ट गरेका हुन् ।

तर, उनले यो सन्देश दिएको ३ दिनपछाडी मंगलबार कोरोना भाईरस पोजेटिभ भएका गुप्ताको मृत्यु भएको छ । खतरनाक ठहर गरेको कोरोनासँग उनी पनि हारेका हुन् ।


उनको मृत्युको खबरले आफन्त, शुभचिन्तकलाई स्तब्ध नै बनाएको छ । भर्खरैका युवा अवस्थाका राजु राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा क्रियाशिल रहेका थिए । उनलाई नजिकबाट नियाल्नेहरुले उनको मृत्युको खबरसँगै एक असल युवा गुमाउनु परेको भन्दै सामाजिक सञ्जालमा शोक व्यक्त गरेका छन् ।

नेवि संघ मोरङको २ पटक जिल्ला सदस्य र हाल तरुणदल महाधिवेशन प्रतिनिधी रहेका ३७ वर्षका युवाको मृत्युको कारण कोरोना संक्रमण बनेको छ । गत कात्तिक १९ गते कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका गुप्ताको मंगलबार बिहान १० बजेको समयमा मृत्यु भएको थियो ।

घरका जेठा छोराको रुपमा रहेका उनी हाडवयर तथा गृल व्यावसायी समेत रहदै आएको थिए । उनले यस अघि लकडाउनको बेला हरेक अस्पताल तथा विभिन्न स्थानमा पुगेर निःशुल्क खाना वितरणको लागी समेत ठूलो सहयोग गरेको उनी समकक्षी साथीहरुले बताएका छन् ।

उनको आज विराटनगर १ परोपरकार घाटमा दाहसस्कार गरिएको छ । दाहसस्कारमा नेपाली काग्रेस प्रदेश एकका सचेतक तथा सांसद केदार कार्की , नेपाली काग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, मेयर भीम पराजुली , नेपाल तरण दल मोरङका अध्यक्ष संजय थापा , नेपाली काग्रेस नगर समिति का कावा अरुण न्यौपाने लगायत काग्रेस निकट नेतागणहरुको उपस्थित रहेको थियो ।

राजुका एक श्रीमती सहित २ नाबालक छोराहरु रहेका छन् । उनको बुबाको पहिलै निधन भएको छ भने आमा मिना गुप्तासँग बस्दै आएका थिए । उनको मृत शरिरमा २ भाईहरुले दागवत्ती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्