सवारी दुर्घटना २ जनाको मृत्यु

<span class='c1'>सवारी दुर्घटना २</span> <span class='c2'>जनाको मृत्यु</span>

इटहरी । सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाईते मोटरसाईकल चालकको वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी सुनसरीकै हरिनगररा गाउँपालिका.३ मा मंगलबार बिहान साँढे ९ बजे को २ त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह चालक रामधुनी–१ का मनोज श्रेष्ठको मृत्यु भएको छ ।

गौतमपुरमा निर्माणाधिन सडकको लागी पानी बोकेर जाँदै गरेको उक्त ट्याक्टर आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका सह(चालक श्रेष्ठको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्