विराटनगर । विराटनगरका पत्रकार शंकर खरेललाई पितृ शोक परेको छ । विराटनगरबाट प्रकाशन हुदै आएको न्यू श्रृष्टि दैनिककको प्रकाशक तथा प्रधानसम्पादक खरेललाई पितृशोक परेको हो ।
पिता ८९ वर्षीय युवराज शर्माको सोमबार राति मृत्यु भएको छोरा शंकर खरेलले जानकारी दिए । विराटनगर महानगरपालिका–३ का वडा अध्यक्ष विनोद बस्नेतका अनुसार खरेल कोरोना संक्रमणमुक्त भइसकेका थिए ।
पीसीआर परीक्षण गराउँदा १७ दिनअघि कोरोना पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै रहेर पुनः परीक्षण गराउँदा आइतबार रिपोर्ट नेगेटिभ आएको थियो । मृतक खरेलका ४ छोरा ४ छोरी रहेका छन् । मृतक खरेलको मंगलबार दाहसंस्कार गरिएको छ ।