नदीमा डुबेर किशोरको मृत्यु

<span class='c1'>नदीमा डुबेर</span> <span class='c2'>किशोरको मृत्यु</span>

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो । सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिनुभयो ।

उहाँका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए । जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्